Sunday, May 17, 2015

Pirati ko chhata- NetaMix MostFunny: https://youtu.be/10erJNCo4Q8

Saturday, May 16, 2015

हिमालयमा जान सक्ने ठूला भूकम्प र तिनको मापनमा देखिएको समस्या

हिमालयमा जान सक्ने ठूला भूकम्प र तिनको मापनमा देखिएको समस्या

नेपाल तथा सम्पूर्ण हिमालयको टेक्टोनिक अवस्थिति अब कसैलाई बुझाइरहनु परेन। २०७२ साल वैशाख १२ को भुकम्प पछि हाम्रो टेक्टोनिक अवस्थिति र भौगर्भिक संरचनाका बारे सबै नेपालीहरू जानकार भएका छन्, सूसुचित भएका छन्।

भूकम्प कसरी जान्छ र यसले कसरी मानव सभ्यतामा प्रकोप निम्त्याउँछ भन्नेमा हामी सबै थोरबहुत भुक्तभोगी भैसकेका छौं। ठूलो भुकम्प पश्चात लामो समयसम्म साना तथा कडा ‘आफ्टरसक’का धक्काहरु जाने प्रकृया भोगिरहेका छौं।

साना-ठूला भूकम्प जानु हिमालय क्षेत्रमा हुने नियमित प्रकृया अथवा प्राकृतिक विज्ञान हो। हामीकहाँ हुने बिनासको कारण हाम्रा कमजोर भौतिक संरचनाहरु नै हुन् भन्नेमा अब दुई मत रहेन। घर तथा अन्य भौतिक संरचना कसरी बनाउने, यस्ता संरचना निर्माणपूर्व के के कुरामा ध्यान दिने, कसरी भूकम्पको क्षतिलाई न्यूनीकरण गर्ने भन्ने बिषयमा अब नेपाल सरकारले सम्बन्धित विज्ञहरूको परामर्शमा नयाँ नीति अवलम्बन गर्नैपर्छ र सायद गर्छ पनि होला।

यो भूकम्प पश्चात सर्वसाधारणमा अझ ठूलो भूकम्प जान्छ कि भन्ने त्रास रहेको, विभिन्न मापन-स्केल अनुसार आएको फरक-फरक म्याग्निट्युडले साधारण जनमानस मात्र हैन विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री प्रचण्ड जस्ता विशिष्ठ ब्यक्तिसमेत अन्यौलमा रहेको देख्दा यस बिषयमा जनमानसमा स्पष्ट जानकारी दिन आवश्यक देखिएकोले यो लेख लेख्ने जमर्को गरिएको हो।

लेखको मूख्य उद्येश्य भूकम्पको मेकानिज्म र भौतिकीका आधारमा हिमालय खण्डमा जान सक्ने सबै भन्दा ठूलो भुकम्पको म्याग्निट्युटको लेखा जोखा गरेर सर्वसाधारण माझ जानकारी गराउनु नै हो।

हिमालयमा ९ म्याग्निट्यूटको भूकम्पको सम्भावना

इण्डियन प्लेट र युरेसियन (वा टिबेटन) प्लेट करोडौं वर्षदेखि एक-आपसमा जुधिरहेका छन्। आजको दिनमा पनि इण्डियन प्लेट ४-५ से.मी. प्रति वर्षको दरले टिबेटन प्लेट मुनि खप्टिरहेको छ। यो प्रकृया झण्डै झण्डै डोजरले माटो सोरेको प्रकृया जस्तो हो।

यसरी एउटा प्लेटमुनि अर्को खप्टिदाँ लाग्ने टेक्टोनिक बलको झण्डै ५०% हिस्साले यी दुई प्लेटहरुलाई जमिनको सतह भन्दा झण्डै झण्डै १५-२० किमि मुनिसम्म खुम्च्याइरहेको छ। बाँकि ५०% टेक्टोनिक बल टिबेटन प्लेटको डिफर्मेसनमा खर्च भैरहेको तथ्य बिभिन्न अनुसन्धानहरुबाट पत्ता लागिसकेको छ। यही क्रममा यी दुई प्लेटको खुम्चाई एउटा सीमामा पुगिसके पछि सञ्चित टेक्टोनिक शक्ति महाभूकम्पको रूपमा स्खलन हुने गर्दछ।

महाभूकम्प जाने क्रममा खुम्चिरहेको टेक्टोनिक प्लेट, दुईवटा प्लेटहरुको सीमानामा सयौं किमि लामो दरार (Rupture) बनाई च्यात्तिने गर्छन्। यो प्रकृया हातले कपडा अथवा कागज च्याते जस्तै हो। एकातिर सञ्चित शक्तिले दरारको लम्बाई, चौडाई निर्धारण गर्दछ भने अर्कोतिर दरार (Fault) को भौतिक गुणहरुले सञ्चित हुन सक्ने शक्तिको परिमाण निर्धारण गर्छ।

दरार अथवा प्लेट बाउन्डरीको रिजिडिटी (Deformation Modulus) जुन एक अति नै महत्वपूर्ण भौतिक गुण हो जसले सँचित हुने अथवा स्खलन हुने टेक्टोनिक शक्ति लाई ठूलो परिमाणमा असर पार्दछ। रिजिडिटिको परिमाण बढी भएको अवस्थामा दरारको क्षेत्रफल कम हुँदा पनि धेरै शक्ति जम्मा हुने र ठूलो परिमाणमा टेक्टोनिक शक्ति स्खलन भै महाभूकम्प जान सक्दछ।

अर्को तर्फ रिजिडिटिको परिमाण कम भएको अवस्थामा दरारको क्षेत्रफल बढि हुँदा पनि तुलनात्मक रुपमा कम शक्ति जम्मा हुने र कम परिमाणमा टेक्टोनिक शक्ति स्खलन भै तुलनात्मक रुपमा सानो भूकम्प जान सक्छ।

१२ वैशाख २०७२ को भूकम्पका सन्दर्भमा गोर्खाको बारपाकबाट सिन्धुपाल्चोक-दोलखा सीमासम्म दरार फैलिएको बर्तमान पराकम्पहरुको अवस्थिति (Spatial distribution) बाट प्रमाणित देखिन्छ। दरारको यो लम्बाई झण्डै झण्डै १५० किमि रहेकोछ। सतहभन्दा १५ किमि मूनी दरारको झुकाव १२ डिग्री उत्तर मान्दा दरारको जम्मा चौडाई झण्डै झण्डै ८० किमि हुँन आउँछ। दरारमा भएको औसत १ मि. को डिस्लोकेसन (Dislocation) मान्दा यो भूकम्प ७.९ म्याग्निट्युडको हुन रिजिडिटी झण्डै झण्डै १८ गिगा पास्कल हुनुपर्छ जुन तुलनात्मक रुपमा धेरै कम हो। यो भूकम्पको समय (Duration) ५६ सेकेण्ड मापन गरिएको छ। ५६ सेकेन्डमा १५० किमि दरार हुँदा यसको गति (Rupture Velocity) २.७ किमि प्रति सेकेण्ड हुन्छ। यो रप्चर भेलोसिटीलाई सियर वेभ (Shear Wave) भेलोसिटि को ८०% मान्दा पनि सियर वेभ भेलोसिटि ३.३५ किमि प्रति सेकेण्ड हुन्छ। यो तथ्याङ्कले समेत के देखाउँछ भने भुकम्पीय दरार (Interplate Boundary) तुलनात्मक रूपमा कमजोर रहेको र धेरै टेक्टोनिक दबवाब थेग्न नसक्ने खालको छ।

१२ वैशाख २०७२ को भूकम्पलाई आधार मानेर १८ गिगापास्कलको रोजिडिटीमा (जुन आफैंमा धेरै कम हो) ९ म्याग्निट्यूटको भूकम्प जान सम्पूर्ण हिमालय (२४०० किमि लामो दरार) कम्तिमा १० मिटर चिप्लिनु पर्छ जुन असम्भवप्रायः देखिन्छ।

१२ वैशाख २०७२ को भूकम्पको म्याग्निट्युट ८.१ मान्दा पनि यो भूकम्पको दरारको रिजिडिटि बढीमा २० गिगापास्कल हुनुपर्दछ। २० गिगापास्कल रिजिडिटि मान्दा पनि ९ म्याग्निट्युटको भूकम्प जान १८०० किमि लामो दरार च्यात्तिनु पर्ने देखिन्छ र यो मूल्याङकन पनि असम्भव नै देखिन जान्छ।

यसर्थमा नेपाल अथवा सम्पूर्ण हिमालय खण्डमा ९ म्याग्निट्युटको भूकम्प जान सक्ने भौतिक दृष्टिकोणबाट कुनै पनि सम्भावना देखिदैन। त्यसैले ९ म्याग्निट्युटको भुकम्पबाट हुन सक्ने प्रलय, हानी-नोक्सानी का बारेमा सोचेर प्यानिक हुनु पर्ने कुनै पनि अवस्था छैन।

बिक्रम सम्बत १९९० को महाभूकम्पलाई आधार मान्दा उक्त ८.५ म्याग्निट्युटको भुकम्प जाँदा भारतको पट्नासम्म ठूलो क्षति भएको देखिन्छ। जसले उक्त दरार उत्तर-दक्षिणको लामो खण्डसम्म च्यात्तिएको हुपर्ने इंगित गर्दछ। झण्डै झण्डै २५० किमि लामो उक्त दरार भारतको पटना क्षेत्रसम्म च्यात्तिन यसको उत्तर तर्फको झुकाव ४ डिग्रीको आसपास हुनुपर्दछ।

यसर्थमा धेरै कम झुकाव (Very low angle dip) भएका २५०-३०० किमि लामा हिमालयका सेक्सनहरु यस भुभागमा ८.५ म्याग्निट्युट सम्मका भूकम्पहरु उत्पादन गर्न सक्छन्। र यी ठूला भूकम्पहरू जान कम्तिमा पनि २५० वर्ष लाग्ने देखिन्छ। स्मरण रहोस ८.५ म्याग्निट्युटको भूकम्प ७.९ म्याग्निट्यूटको भूकम्प भन्दा लगभग ८ गुणाले ठूलो हुन्छ भने ९ म्याग्निट्युट भन्दा झण्डै झण्डै ६ गुणाले सानो हुन्छ।

८ म्याग्निट्युट आसपासका भुकम्प जान १५० किमि लामा दरारहरु च्यात्तिएर १.५ -२ मीटर चिप्लिनु पर्ने तथ्यलाई आधार मान्दा हिमालय खण्डमा हरेक ७५-१०० वर्षको अन्तरालमा यस्ता भुकम्पहरु जानु हिमालय खण्ड भू-भौतिकीय गुण हो। बिगत केहि शताब्दिको भुकम्पको ट्रेण्ड हेर्दा पनि यो तथ्य सत्य प्रमाणित हुन्छ।

म्याग्निट्युट स्केल र यिनको सम्बन्ध

सन १९३० ताका अमेरिकी भूकम्पविद् रिक्टरले भूकम्प मापनको आविस्कार गरे। उनले अमेरिकाको क्यालिफोर्नियामा उक्त समयमा प्रयोगमा आएको साइस्मोमिटरबाट टंकण गरिएका साइस्मोग्रामहरुको एम्प्लिट्युड (Amplitude) का आधारमा भूकम्प मापन-स्केल चलनचल्तीमा ल्याए जसलाई रिक्टर स्केल(Richter Scale) भनियो।

स्थानीयस्तरमा मापन गरिएका साइस्मोग्रामबाट म्याग्निट्युड निकालिने हुँदा रिक्टर स्केललाई लोकल म्याग्निट्युड (ML) स्केल पनि भनिन्छ। रिक्टरले प्रयोग गरेको साइस्मोमिटर टेक्नोलोजीको विकास सँगसँगै आधुनिकरण र परिमार्जित हुँदै गए।

साथै भुकम्प पश्चात प्रवाह हुने भुकम्पिय तरंगहरू बिभिन्न फ्रिक्वेन्सीमा फरक-फरक शक्तिका साथ तरंगित हुने हुँदा टाढा केन्द्र बिन्दु भएका भुकम्पहरुको रिक्टर स्केलको मापन उक्त भुकम्पको सहि आकार भन्दा कम हुने देखियो। त्यस्तै धेरै ठूला भुकम्पहरु जाँदा प्रवाह हुने तरंगको अधिकतम एम्प्लिट्युड साइस्मोमिटरको डाइनामिक रेञ्ज भन्दा बढि हुने हुँदा रिक्टर स्केलले यस्ता ठूला भूकम्पहरुको आकारको अवमूल्यन गर्ने गर्दछ। फलतः ठूला तथा टाढाका भूकम्पको आकार मापन गर्न अन्य स्केलहरू आविस्कार हुँदै गए।

भूकम्प मापनको अर्को स्केल हो बडीवेभ म्याग्निट्युड (mb)। केन्द्रबिन्दुबाट झण्डै झण्डै ६०० किमिको अर्धव्याससम्म नापिएका साइस्मोग्रामको पि-वेभ (P-wave) को एम्प्लिट्युडका आधारमा बडिवेभ म्याग्निट्युड निर्धारण गरिन्छ।

बडिवेभ म्याग्निट्यूड पनि ६.५ म्याग्निट्युड भन्दा ठूला भूकम्पहरुको मापनमा त्यती भरपर्दो स्केल हुँदैन किनकि, यो स्केलमा ६.५ भन्दा ठूला भूकम्पको आकार अवमूल्यन हुने गर्छ।

भूकम्प मापनको अर्को स्केल हो सर्फेस वेभ म्याग्निट्युड (Ms)। यो स्केल अन्तरगत ३० किमि भन्दा कम गहिराईमा जाने भुकम्पहरुको तरंग तरंगित हुने क्रममा पृथ्वीको सतहमा सृजना हुने नयाँ तरंगहरू (सरफेस वेभ) को एम्लिट्युड नापिन्छ र त्यसका आधारमा भूकम्पको मापन निर्धारित गर्ने गरिन्छ।

यो स्केलले ठूला-ठूला (७-८ म्याग्निट्यूडका) भुकम्पहरुको सहि आकार मापन गर्दछ। ८ म्याग्निट्युड भन्दा ठूला भूकम्पको मापनमा यो स्केल त्यती भरपर्दो र प्रभावकारी हुँदैन।

धेरै ठूला भुकम्पहरुको सहि मापन गर्ने स्केलको नाम हो मोमेन्ट (Mw) स्केल। यस अन्तर्गत भुकम्पको केन्द्रबिन्दु भन्दा धेरै टाढा रहेका साइस्मोमिटरहरुले मापन गरेको भुकम्पिय तरंगका बिभिन्न फ्रिक्वेन्सीका बिभिन्न फेजहरू प्रयोग गरी भूकम्प मापन गरिन्छ।

१२ वैशाख २०७२ को भूकम्पका हकमा बिभिन्न म्याग्निट्युड प्रकाशित हुनुको एउटै कारण यी बिभिन्न स्केलबाट भूकम्पको मापन गरिनु हो। जसले जनमानसमा धेरै ठूलो भ्रम पैदा गर्‍यो। वास्तवमा यो भूकम्पको सहि मापन खानी तथा भुगर्भ बिभाग अन्तर्गतको भुकम्प मापन केन्द्रको लोकल नेटवर्कले गर्नै सक्दैन।

अतः भूकम्प मापन केन्द्रले मापन गरेको ७.६ म्याग्निट्युड यो भूकम्पको अवमूल्यन हो। नेपाल सरकारले यो मापनलाई आधिकारिक मापन भन्नु जस्तो ठूलो बिडम्बना केहि हैन। अमेरीकन भौगर्भिक सर्भे (USGS) ले मोमेन्ट स्केलमा मापन गरेको ७.९ म्याग्निट्युडले यो भूकम्पलाई सही मुल्याङ्कन गरेको छ र अर्को भरपर्दो मापन नआएसम्म यसलाई नै आधिकारीक मान्नुपर्ने देखिन्छ। स्मरण रहोस् ७.६ म्याग्निट्युड भन्दा ७.९ म्याग्निट्युड झण्डै तीन गुणा ठूलो हुन्छ।

Tuesday, May 12, 2015

Tuesday, May 5, 2015

Thursday, April 30, 2015

At the time before EarthQuakes going ....

Live footage Before massive #Earthquakes: https://youtu.be/ZYRT6cFFsHY

Live capture while #NepalEarthquaquakes #Breaking: https://youtu.be/fOgjsCawNv8

Don’t rush to Nepal to help. Read this first

As someone who has considered Nepal home for many years, the shock on hearing the news of the earthquake that has devastated the country was extreme. I felt pained at being away from home – cut off in rural Cambodia – at a time like this, impotent and powerless.

The quake has left thousands dead, many more injured and even more without shelter. What we also know from tracking events in natural disasters all over the world is that the situation only gets worse in the weeks following the event, as hospitals become overwhelmed, basic supplies become scarce and those living in temporary shelters succumb to exposure and disease. The example fresh in everyone’s minds is the 2010 earthquake in Haiti – a country in a similar economic condition to Nepal and which, despite an enormous influx of international aid, is still recovering from the disaster five years later.

Nepal earthquake: how to donate

 

Read more

Something that has been much discussed in the international aid community is the lack of coordinated response to the Haiti disaster. Ragtag brigades of well-intentioned do-goodersflooded the country: students, church congregations, individuals who had previously vacationed in the area, all clambering over one another looking for a way to make their mark and do good, but lacking either the skills or coordination to have an impact. Indeed, many ended up slowing down the aid efforts.

There were even reports of teams of doctors who arrived to help but were unable to feed themselves. This wave of unsolicited and poorly planned shipments of untrained people and donated goods was dubbed by some humanitarians “the second disaster”.

One of the biggest problems with relief work is that it is a free-for-all. Anyone who wants to, and who is privileged enough to afford a plane ticket, can pitch up. Unlike doctors or engineers, who need to train for years to gain qualifications that prove they probably know what they’re doing, no such qualification exists for aid workers.

What Nepal needs right now is not another untrained bystander, however much her heart is hurting. Nepal has one international airport for the entire country, which has itself sustained damage. That airport needs to be used for emergency supplies, immediate aid for the victims, and qualified, professional relief workers. My trip back to commiserate with loved ones can wait a few weeks.

Nepal earthquake: fears grow for remote villages as over 4,000 confirmed dead

 

Read more

I have been inundated with offers of help and contributions from friends and family. Everyone is asking: “What do you need? What can I do?” Here are some practical ideas that will not hamper the aid effort:


 Remember that it is not about you. It is not about your love for the country and its people. Your feelings of guilt and helplessness may be difficult to deal with, but you may not be what is needed right now. Do not rush to go there, at least for the next couple of weeks while the country is reeling. The exception to this is if you are a qualified professional with much-needed skills to offer. If you are, join up with an international relief agency that can place you in a position where you are needed most.

 Do not donate stuff. Secondhand goods are difficult to distribute in a disaster area and are hardly ever what is actually needed. It is easier, and often in the long run cheaper, for organisations to procure goods themselves and distribute based on need. If you want to give away things you no longer need, sell them and donate the money to the relief fund. Or give them to a local charity shop, which can convert them into cash on your behalf.

 Give money. More than your plane ticket or your collection of old T-shirts, what is most needed in Nepal right now is money. Donate what you can, to a reputable relief organisation, and do research to find out where your money will go. If you can, compare a few organisations with aid appeals and ensure that you agree with their approach.

 In the short term, handouts are necessary. I have previously questioned this as a method of long-term development. However, in the immediate wake of such devastation, handouts are necessary to give victims the essentials for survival.

 In the long term, rebuild sustainably.If in the coming months you want to contribute to the rebuilding efforts and the longer-term development of the country, consider sustainability as a factor. There will be many programmes to repair and rebuild destroyed houses. Nepal is an earthquake-prone country, so the buildings most likely to withstand another quake are not those that are cheapest, or those made by foreign volunteer labourers for “free”.

 And if you do decide to go ... Please look at the resources we have produced on theLearning Service website before you get on the plane. I am not against volunteering; I am imploring you to wait a while and think carefully about where to use your skills. Volunteering can have a wonderful impact on the world, when done mindfully. But it is not easy or automatically beneficial. Before signing up for a programme, spend time learning about Nepal and the complex nature of its recovery and development, and continue to be open to learning during your time there.